काेलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार समेत राज्य सरकारका धेरैवटा महत्वपूर्ण मामिलामा कठोर फसेला सुनाउने कलकत्ता हाई कोर्टका चर्चित जस्टिस अभिजित गांगुलीले अब राजनीमा एन्ट्री गर्नेछन्। गए आइतवार उनले जस्टिसको पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
सोमवार उनी कलकत्ता हाई कोर्टमा आएको भए पनि कोर्टमा लम्बित आफ्ना मुद्दाहरूको मात्र सुनवाई गरे। कुनै आदेश दिएनन्। मंगलवार उनले आफ्नो राजीनामा सुम्पिइनेछन्। यसबीच खबर छ कि उनी भारतीय जनता पार्टी (भाजपा)-को टिकटमा तमलुक लोकसभा केन्द्रबाट उम्मेद्वार बन्नेछन्। माकपाले पनि उनलाई आफ्नो पार्टीमा सामेल हुने निम्तो दिएको छ।
बंगाल भाजपाका वरिष्ठ विधायक औ नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पहिला नै भनेका छन्, आगामी ७ मार्चको दिन उनले राज्यवासीहरूलाई सरप्राइज दिनेछन्। यसपूर्व जस्टिस गांगुलीको राजीनामा, यी दुवै विषयलाई जोड़ेर हेरिँदैछ। खबर छ, त्यै दिन जस्टिस गांगुली भाजपामा सामेल हुन सक्नेछन्। यद्यपि यस सम्बन्धमा अहिलेसम्म आधिकारिक पुष्टि कुनै पक्षबाट पनि गरिएको छैन।
जस्टिस अभिजित गांगुलीले भने, उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मू, कलकत्ता हाई कोर्टका मुख्य न्यायाधीश औ भारतका मुख्य न्यायाधीश डीवाई चन्द्रचूड़लाई पठाउनेछन्।
उल्लेखनीय छ, कोरोना कालमा पनि लगातार काम गरेका कारणले जस्टिस गांगुलीले बितेको अढ़ाई वर्षको अन्तरालमा ९५ वटा आदेश दिएका थिए। यो आदेश राज्यमा चर्चित शिक्षक नियुक्ति भ्रष्टाचार, केन्द्रिय योजनाहरूको फण्डमा भ्रष्टाचार लगायत अन्य मामिलाहरूसित सम्बन्धित थिए जुन राज्य सरकारसित जोड़िएको थियो। यसैले उनी सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसको निम्ति आँखाको कसिंगर बन्न पुगेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





