गेजिङ: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीलाई लिएर गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा आज नोडल अधिकारीहरूलाई लिएर गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा समीक्षा सभा सम्पन्न भयो।
यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य आगामी दिनमा सम्पन्न हुने आम निर्वाचन २०२४ को निर्वाचन तयारीबारे समीक्षा गर्नु रहेको थियो। जिल्लापालले नोडल अधिकारीहरूलाई चुनाउको समयमा उनीहरूको भूमिका र जिम्मेवारीबारे अवगत गराउँदै र उनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।
उनले सेक्टर म्याजिस्ट्रेट, नोडल अफिसर, फ्लाइङ सर्भिलेन्स टिम (एफएसटी), भिडियो सर्भिलेन्स टिम (भीएसटी) लाई तालिमको अर्को चरणको जानकारी दिए।










