नवनियुक्त अतिरिक्त पोलिङ अधिकारीलाई प्रशिक्षण

n58866431017095622779111606c0976f74aab4935dd57de23e878a6de351408c3d1815013aeca84b2f1a42.jpg

नाम्ची: नाम्ची जिल्लाका अतिरिक्त पोलिङ अधिकारीहरूलाई लिएर आज नाम्ची जिल्लाको प्रशासनिक केन्द्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस अवसरमा नव नियुक्त ३० जना अतिरिक्त पोलिङ अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा महकुमा अधिकारी गोपाल छेत्री, उपसचिव भूमिका छेत्रीले ईभीएम र भीभीपीएटीको विभिन्न पक्षहरूमा, मतदान दिनको तयारी, सामग्री व्यवस्थापन आदिबारेमा जानकारी गराए। उक्त कार्यक्रम अन्तर्गत नव नियुक्त पोलिङ अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement