पीएम श्री विद्यालयका शिक्षकहरूलाई लिएर आयोजित कार्यक्रमको समापन

img-20240305-wa00025418172685956342245.jpg

गान्तोक: सिक्किम राज्यको पीएम श्री सरकारी विद्यालयका शिक्षकहरूलाई लिएर पहिलो हार्टफुलनेस शिक्षा प्रशिक्षण कार्यक्रम आज नरबहादुर भण्डारी सरकारी डिग्री कलेजको प्रेक्षाग-हलमा सम्पन्न भयो। स्टेट नोडल अफिस पीएम स्कूल राइजिङ इन्डिया र राज्य सरकारको शिक्षा विभागको संयुक्त पहलमा आयोजना गरिएको दुई दिवसीय कार्यक्रमको आज समापन भयो।

यस अवसरमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त निर्देश एवम् नोडल अफिसर के. इनबराज विशिष्ट अतिथिकोरूपमा रहेका थिए। कार्यक्रममा पीएम श्री स्कूलका कूल ११४ जना शिक्षकहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि तेलाङले द्रुत गतिमा चलिरहेको संसार र एक व्यक्ति र अरूसँगको सम्बन्ध विच्छेदको कारणले हुने मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूबारेमा अवगत गराए। उनले वर्तमान परिपेक्ष्यमा समाजमा बालबालिका दिशाहीन हुनु सबैभन्दा ठूलो चुनौती रहेको बताए।

उनले हार्टफुलनेस कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई आफूसँग जोड्ने, विद्यार्थीसँग जोडिन, केन्द्रित रहन र जीवनमा दिशा पत्ता लगाउन मद्दत गर्ने रहेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement