मन्त्री परिषद पुर्नगठन गरिने

IMG_20220801_140538.jpg

कोलकता: राज्यका मन्त्री पार्थ च्याटर्जीलाई ईडी-ले शिक्षक नियुक्ति घोटाला प्रकरणमा पक्राउ गरेपछि अब सम्भवतः ४-५ जना वर्तमान मन्त्री पदमा रहेका तृणमूल कङ्ग्रेसका विधायकहरूलाई तिनीहरूको मन्त्री पदबाट हटाएर अन्य विधायकलाई भार सुम्पिने सूत्रले जनाएको छ। उक्त विषयलाई लिएर आगामी बुधबारको दिन अपरान्ह ४ बजी मन्त्री परिषद्को एउटा बैठक गरिने भएको छ। उक्त बैठकमा मन्त्री परिषद पुर्नगठन गरिने बताइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सम्पन्न हुने उक्त बैठकमा नयाँ ४-५ जना विधायकहरूलाई विभाग सुम्पिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement