घैयाबारीमा भागोप्रमोको प्रशाखा कमिटी गठनलाई लिएर सांगठनिक सभा सम्पन्न

IMG-20240304-WA0150.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ मा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा पञ्चायत समिति सदस्य वाङ्दी लामाको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली र युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राईले सम्बोधन गरेका थिए। यसै सभामा घैयाबारीको बुथ नम्बर २५४ को विभिन्न प्रशाखाहरू गठन गर्नलाई संयोजकहरू चयन गरिएको छ। यस क्रममा सिलिमहिलको लागि हेमन्त तामाङ, कालीमाट्टीको लागि राजेस प्रधान, मानेडाँडाको लागि मदन प्रधान, नयाँ बस्तीको लागि उदय छेत्री, एपी बस्तीको लागि सन्तोष जोगी र गुरूङ गाउँक लागि राजु राई चयन भएका छन्। या चयन गरिएको संयोजकहरूले आफ्नो आफ्नो क्षेत्रमा भागोप्रमोको प्रशाखा कमिटी गठन गरेर आगामी १३ मार्चमा हुने समष्टी कमिटीको सभामा पेश गर्नु निर्देशन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement