सिटोङ (खरसाङ): सिटोङ फिल्म प्रोडक्सनको निर्देशक संगम राईको नेतृत्वमा अनि बिशेष राईको निर्मातामा हुन गइरहेको तेस्रो प्रस्तुती नेपाली म्युजिक भिडियो नेपालका विभिन्न स्थानहरूमा घमाघम शुटिङहरू चलिरहेको छl एकैसाथ दुईवटा गीतहरूको रिलिज हुने यो गीतहरूमा न्यु वेभ स्टुडियो सिलगढीबाट रेकर्डिङ गरिएको छ भने क्रमैले रिक्देन शेर्पा र रोहित राईले आफ्नो स्वर दिएका छन्l उक्त दुईवटा म्युजिक भिडियोमा कुशल मोहोरा,अबिनाश लेप्चा, बिनेश राई, उपासना तामाङ र नवमी शेर्पाले अभिनय गरेका छन्l सिनियोम्याटोग्राफी राजिव खवासले प्रस्तुत गरेको म्युजिक भिडियो आउँदो ११ अप्रेलमा सिलगढीमा कार्यक्रम बिच सार्वजनिक गरिने भएको छl ११ अप्रेलमा सिटोङका समाजसेवक बिक्रम राईको जन्मदिनमा उपहार स्वरूप यी गीतहरू प्रस्तुत गरिने पनि प्रोडक्सनको टोलीले जनाएको छl स्मरण रहोस्, विविघ क्षेत्रहरू सँगसँगै कलाकारहरूलाई पनि प्रेरणा दिने राईले सांगीतिक क्षेत्रमा पनि उठ्न नसकेका घेरै कलाकारहरूको कामहरू गरिरहेका छन्।










