जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: सिमलबारी र युवराज ईलेभेन क्वाटर फाइनलमा प्रवेस

IMG-20240304-WA0144.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको दोस्रो राउण्डको खेलमा आफ्नो आफ्नो खेल जितेर सिमलबारी र युवराज ईलेभेन क्वाटर फाइनलमा प्रवेस गरेको छ। आज भएको पहिलो खेल सिमलबारी र भानु टोल खरसाङमाझ सम्पन्न भएको छ। यस खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै सिमलबारीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो। सिमलबारीको पक्षमा निमेसले सर्वाधिक ८६ रन, प्रवीणले २७ र कालुले २३ रन बनाएका थिए। भानु टोल खरसाङको पक्षमा सुजितले तीन र अभिषेक गोयलले २ विकेट लिएका थिए। १९० रनको लक्ष्यलाई खेदो गर्दै भानु टोल खरसाङले १५ ओभरमा ८ विकेट गुमाएर केवल १४९ रन बनाएकोले सिमलबारीले ये खेल ४० रनले जितेको थियो। भानु टोल खरसाङको पक्षमा अभिषेकले सर्वाधिक ५६ रन बनाएका थिए। त्यसरी नै दोस्रो खेल रुम्बा ईलेभेन र युवराज ईलेभेनमाझ सम्पन्न भएको थियो।

यस खेलमा टस जितेर रुम्बा ईलेभेनले पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो। रुम्बा ईलेभेनको पक्षमा आर्यन लामाले ४८ र विशाल तामाङले ४३ रन बनाएका थिए। १४२ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेन १० ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्यलाई हाँसिल गर्दै खेल जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। युवराज ईलेभेनको पक्षमा सन्तोषले ४८ र निरजले ४६ रन बनाएको थियो। भोलि मंगलबार हुने पहिलो क्वाटर फाईनल खेल मिरिक र गैरी गाउँ तीनधारेमाझ अनि अर्को खेल ग्लेनेरिज दार्जीलिङ र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement