खरसाङ: फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटी तीनधारेको सञ्चालन समितिको चुनाव सम्पन्न भएको छ। ढिलो गरी प्राप्त समाचार अनुसार केही दिन अघि तीनधारेको महात्मा गाँधी हलमा फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटी तीनधारेको पाँच वर्षको लागि सञ्चालन समितिको नियम अनुसार चुनाव सम्पन्न भएको छ। उक्त चुनावमा रेलवे कर्मचारीहरू जो फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटीको सदस्यहरू जम्मा २३ जनाले प्रार्थीको रुपमा खड़ा भएका थिए। यस सञ्चालन समितिको लागि १२ जना सञ्चालक समिति सदस्यहरू चाहिन्छ अनि त्यही अनुरूप १२ जनालाई चुानवमार्फत् चयन गरिएको छ। यस चुनावमा दार्जिलिङदेखि सिलगढी, एनजेपीसम्मका रेलवे कर्मचारीहरू जो सोसाईटीका सदस्यहरू छन् उनीहरुले मतदान गरेका थिए। उक्त चुनावमा १२ जना बिजयी बनेका थिए जोहरू तीनधारे फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटीको सञ्चालन समितिको लागि चयन भएका छन्। नयाँ समिति २०२४ देखि आगामी २०२९ सम्मक कार्यकालको लागि चयन भएका छन्। १२ जना विजेताहरू क्रमैले बिराज प्रधान, डिमु लेप्चा लामा, कुन्दन माझी, सचिन राई, रबीन सुब्बा, किशोरकुमार छेत्री, लक्ष्मी मुखिया गोसाई, शर्मिला माझी, बिशाल मुखिया, विकास कुमार, अजय कुमार यादव र बिपन मंगर रहेका छन्। यस चुनावमा सबैभन्दा बेसी मत बिराज प्रधानले प्राप्त गरेका थिए। उक्त फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटी सन् १९१४ मा स्थापना भएको थियो भने विगत ११० वर्षदेखि यो निरन्तर रूपमा सञ्चालनमा रहेको छ। वर्तमानमा उक्त सोसाईटी दुईजना कर्मचारीहरू बरूण रसाईली (सिनियर एकाउन्टेन्ट) र सञ्जीव प्रधान (किराणी) छन् भने चेयरम्यान बिनोद कुमार छेत्री र सचिव बिराज प्रधान रहेका छन् भनी तीनधारेबाट नरेन बम्जनले जानकारी गराएका छन्।










