नयाँ दिल्ली: क्रिकेट मैदानमा एकार्काको कट्टर प्रतिद्वन्द्वी मानिने भारत र पाकिस्तानबीच आउँदो आईसीसी टी२० वर्ल्ड कपमा ९ जूनको दिन अमेरिकाको न्यूयोर्क स्थित नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति टिकटहरूका बिक्रीको पहिलो चरण २२ फरवरीमा सार्वजनिक रूपले शुरु भएको थियो अनि सीमित टिकटहरूलाई पहिला आउ पहिला पाउ आधारमा बिक्रीको निम्ति उपलब्ध गराइएको थियो। अहिले टिकटहरू रीसेलमा छ, जहाँ भारत-पाकिस्तान म्याचको टिकट मूल्यले आकाश छोएको छ । स्थानीय मीडिया रिपोर्ट अनुसार, भारतको पहिलो दुईवटा म्याचको टिकट अगावै बिक्री भइसकेको छ अनि अहिले वेबसाइटमा असल मूल्यभन्दा धेरै गुणा अधिक मूल्यमा बिक्री गरिँदैछ। भारतको ९ जूनमा पाकिस्तान र १५ जूनमा कनाडा विरुद्ध म्याच रहेको छ। आईसीसी वेबसाइट लिंक अनुसार पहिला एउटा टिकटको न्यूनतम मूल्य ४९७ रुपियाँ थियो जबकि सबैभन्दा महँदो टिकटको मूल्य बिना ट्याक्स ३३१४८ रुपियाँ थियो। खेलको शीर्ष निकायले ट्याक्सदेखि बाहिर कुनै अतिरिक्त शुल्क नलगाइने उल्लेख गरेको थियो। रीसेलको निम्ति केही वेबसाइटमा भीआईपी टिकटको मूल्य लगभग ३३.१५ लाख रुपियाँ रहेको छ। यसमा प्लेटफर्म शुल्क पनि जोड़िए टिकट मूल्य ४१.४४ लाख रुपियाँ हुनेछ। स्टबहबमा भारत र पाकिस्तानबीच म्याचको सबैभन्दा सस्तो टिकटको मूल्य १.०४ लाख रुपियाँ रहेको छ। यसबीच सीटगीकमा भारत र पाकिस्तानबीच म्याचको सबैभन्दा महँगो टिकटको मूल्य १.८६ करोड़ रुपियाँ तोकिएको छ, जसमा प्लेटफर्म शुल्क पनि सामेल छ। दुवै टीमका प्रशंसकहरूबीच अहिले टिकटको निम्ति हाहाकार मचिएको छ।










