पुरी (ओडिशा): ओडिशा पुलिसले पुरीको जगन्नाथ मन्दिरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपमा नौ जना बंगलादेशीलाई पक्राउ गरेको छ। एक अधिकारीका अनुसार, आइतबार विश्व हिन्दू परिषदका कार्यकर्ताहरूले केही बंगलादेशी नागरिकहरूलाई मन्दिर भित्र पसेको देखे। उनीहरुले सिंहद्वार पुलिस चौकीमा उजुरी दिएपछि पुलिसले बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लियो। पुरीका अतिरिक्त पुलिस एसपी सुशील मिश्राले भने, ‘हामीले मन्दिरमा केही गैर-हिन्दू बंगलादेशीहरू पसेको उजुरी प्राप्त गरेका छौं। हामीले दुईजना बंगलादेशीहरूलाई हिरासतमा लिएका छौं, र उनीहरूसँग सोधपुछ भइरहेको छl’ मन्दिरको नियमअनुसार यहाँ हिन्दूहरु मात्र प्रवेश गर्न पाउँछन्। यो मन्दिरमा गैर हिन्दू प्रवेश गरेमा कारबाही हुन्छ। पक्रा परेका बंगलादेशीहरूको पासपोर्ट जाँच भइरहेको अतिरिक्त पुलिस उपरीक्षकले बताए। यसै क्रममा उनीहरुमध्ये एकजना हिन्दू रहेको पाइयो। अन्य पासपोर्टहरुको पनि अनुसन्धान भइरहेको छ। प्रथामिकी अनुसन्धानले देखाएअनुसार नौ मध्ये चार जना मन्दिर भित्र पसेका थिए।








