निर्माण सामग्री चोरेको आरोपमा पक्राउ

IMG_20220520_212204.jpg

गान्तोक। वीके जैन सड़क निर्माण कम्पनीका एचआर हिमान्शु मित्रले दिए जानकारी अनुसार तिमी पुलिस थाना क्षेत्र अन्तर्गत आदर्श गाउँ नजीक घिर्लिङटारमा बुधवार अबेर राति चोरी भएको छ।

पुलिस अनुसार, अज्ञात व्यक्तिहरू राति एउटा वाहनमा आएर निर्माण सामग्रीहरू चोरेर गए। आरोपितहरूले १ लाख ८ हजार ९६१ रूपियॉं मूल्य बराबरको सामग्री चोरेर गएको बताइएको छ। बदमाशहरूलाई सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए, तर उनीहरू भाग्न सफल भए।

अर्कोतिर, पुलिसले आज यस चोरीकाण्डमा संलग्न व्यक्तिहरूलाई गोलीटार, सिङतामबाट पक्राउ गरेको छ। पक्रा पर्ने तीन जना विरूद्ध आईपीसीको धारा ३७९/३४ अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement