गुवाहाटी: गुवाहाटीकाे पानीखाईती पुलिस चौकी क्षेत्रको चपाईडांगमा एक युवकले आफ्नै पिताको हत्या गरेको छ।
पुलिसले आज बतायो, गए आइतवार राती दया भट्ट नामक व्यक्ति भक्कुचुर मातिएर घरमा पुग्यो। उसले अत्यधिक मात्रामा रक्सी पिएको थियो। घरमा पुगेपछि उसले आफ्ना छोरा र पत्नीमाथि कुटपिट गऱ्यो अनि पितामाथि खन्तीले प्रहार गऱ्यो जसमा पिता गम्भीर रूपमा घाइते भए।
पितालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरियो जहाँ तिनको मृत्यु भयो। घटनाको सूचना पाएर पानीखाईती पुलिसले हत्यारा छोरालाई पक्राउ गऱ्यो। यस मामिलामा कानूनी प्रक्रिया शुरू गरिएको छ।










