गुवाहाटी: राज्यका पूर्व शिक्षामन्त्री औ आदर्शवादी नेता रमनी बर्मनको सोमवार बिहान निधन भयो। उनी विगत लामो समयदेखिकै बिमार थिए। बर्मनले नलबाड़ीस्थित फ्नो भाड़ाको घरमा आफ्नो अन्तिम सास लिए।
सरल जीवनशैलीको लागि प्रख्यात एवं आदर्शवादी नेता रमनी बर्मनले तत्कालीन मुख्यमन्त्री गोलाप बोरबोराको सरकारमा असमका शिक्षामन्त्री अनि गृहमन्त्री जस्ता महत्वपूर्ण दायित्वहरू निर्वहन गरेका थिए। पूर्व शिक्षामन्त्री औ अनुभवी राजनेता प्रोफेसर रमानी बर्मन आफ्नो जीवनको अन्तिम समयसम्म भाड़ाकै घरमा बसे। सोमवार बिहान बर्मनले आफ्नो घरमा अन्तिम सास लिए। रमनी बर्मनको निधनबाट नलबाड़ी सहित सम्पूर्ण असममा शोक व्याप्त भएको छ।
बर्मन नलबाड़ी कलेजमा प्रोफेसर थिए, तर उनी पछि राजनीतिमा गए। प्रोफेसर रमनी बर्मन वर्ष १९७८ को चुनाउमा धर्मपुर विधानसभाबाट विधायक भएका थिए। उनले आफ्ना प्रतिद्वन्द्वी दिवंगत मन्त्री भूमिधर बर्मनलाई ३३६३ मतले परास्त गरेका थिए। सक्रिय राजनीतिमा आएपछि बर्मन एनएफ रेलवे मजदुर यूनियन र नलबाड़ी शहीद मुकुन्द ककाती सिभिल अस्पताल सुरक्षा फोरमसित जोड़िएका थिए। रमनी बर्मनलाई एक आदर्शवादी एवं अडिग राजनेताको रूपमा चिनिन्छ। उनका कान्छा छोराको वर्ष १९९५ मा आक्रमणकारीहरूले गोली ठोकी हत्या गरिदिएका थिए।