बन्धन ब्यांकद्वारा एफडी र बचत खाताहरूमा उत्कृष्ट दरहरू प्रस्तुत

download
  • ब्यांकद्वारा ज्येष्ठ नागरिकका लागि एफडीमा वार्षिक ८.३५% र अन्यका लागि ७.८५% प्रदान
  • ब्यांकद्वारा बचत खाताहरूमा ७% सम्म ब्याज दर पनि प्रदान
  • ज्येष्ठ नागरिकले ५ वर्षको लागि कर बचतकर्ता एफडीमा ७.५% ब्याज पाउने
  • एफडीमा उद्योग मा सबै भन्दा राम्रो ब्याज दर प्रदान

कोलकाता: देशको अग्रणी सार्वभौमिक ब्यांकहरू मध्ये एक बन्धन ब्यांकले ब्यांकिङ उद्योगमा सबैभन्दा राम्रो एफडी (फिक्स्ड डिपोजिट) ​​ब्याज दरहरू उपलब्ध गराउने घोषणा प्रेस विज्ञप्ति मार्फत गरेको छ। ब्यांकले ज्येष्ठ नागरिकलाई ५०० दिनको अवधिको एफडीमा ८.३५ प्रतिशतको उच्च ब्याजदर प्रदान गर्ने बताएको छ। गैर-ज्येष्ठ नागरिकहरूले समान एफडी अवधिको लागि ७.८५ प्रतिशतको ब्याज दर प्राप्त गर्ने विज्ञप्तिमा बताएको  छ। विज्ञप्तिका अनुसार, ब्यांकले ज्येष्ठ नागरिकलाई पाँच वर्षसम्मको कर बचत एफडीमा ७.५ प्रतिशत ब्याजदर पनि उपलब्ध गराउँदै आएको छ। अन्यले एउटै कर बचतकर्ता एफडीको लागि सात प्रतिशतब ब्याजदर पाउने बताएको छ। यो ब्याजदर प्रस्ताव सीमित अवधिको लागि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

खुदरा घरेलू/अनिवासी रुपया सावधि जमा ब्याज दर
परिपक्वता बकेट  गैर-वरिष्ठ नागरिकहरू लागि  परिपक्वता बकेट ब्याज दरवरिष्ठ नागरिकहरूका लागि ब्याज दरे
१ वर्ष देखि ४९९ दिन७.२५%७.७५%
५०० दिन७.८५%८.३५%
५०१ दिन देखि २ वर्ष भन्दा कम अवधि७.२५%७.७५%
२ वर्ष देखि ३ वर्ष भन्दा कम अवधि ७.२५%७.७५%
३ वर्ष देखि ५ वर्ष भन्दा कम अवधि७.२५%७.७५%
५ वर्ष देखि १० वर्ष५.८५%6.6०%

यसबाहेक, ब्यांक बचत खाताको ब्यालेन्समा सात प्रतिशतसम्मको ब्याज दर पनि प्रदान गर्ने बताएको छ।

घरेलु तथा गैरआवासीय रुपियाँ बचत ब्यांक खाता
₹१ लाख सम्म दैनिक ब्यालेस ३%३%
₹ १ लाख देखि ₹ १० लाखसम्म दैनिक ब्यालेन्स ६%६%
₹१० लाख देखि ₹ २ करोडसम्म दैनिक ब्यालेन्स ७%  ७%

विज्ञप्तिमा बताइएअनुसार, ‘बन्धन ब्यांकका ग्राहकहरूले रिटेल इन्टरनेट  ब्यांकिङ वा एमबन्धन मोबाइल एप मार्फत आफ्नो घर वा अफिसमा बसेर एफडी बुकिङ वा लगानी गर्ने फाइदाहरू लिन सक्छन्। यस अनलाइन प्रक्रियाबाट ग्राहकहरूले केही मिनेटमै छिटो र कुनै झन्झट बिना एफडी बुक गर्न सक्छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement