१ अगस्तः स्थानीय फूटबल मात्र नभएर राष्ट्रिय स्तरमा पहिचान बनाएपछि यसपाली कलकत्ताको टीम युनाइटेड स्पोर्ट्स क्लबको जर्सी लगाएर सीएफएल-को प्रीमियर डीविजन ए-मा मैदान थर्काउन तयार छन् उत्तर बंगालका तीनजना प्रतिभाशाली फूटबलर राजा बर्मन, करण राई र बिक्की साईबो। लीगको नयाँ सीजनको निम्ति यी तीनजना फूटबलरसँग अनुबन्ध गरेको छ युनाइटेड स्पोर्ट्स क्लबले। गोलकीपरको भूमिकामा रहेर असाधारण प्रदर्शन गर्दै आउने राजा बर्मनले गत केही सालदेखि सबैको मन जितेका छन्। उनलाई सीएफएल-को सर्वश्रेष्ठ गोलकीपर पनि मानिन्छ। यसरी नै करण आफ्नो गोल गर्ने असाधारण दक्षताले गर्दा परिचित छन्। यसबाहेक राइट ब्याक बिक्की साईबो आफ्नो गति र सन्तुलनद्वारा विपक्षी टीमको निम्ति खतरा बन्न सक्छन्।