ड्रग्स तस्कर दम्पति पक्राउ, हेरोइन जफत

3577038-untitled-23-copy.webp

गुवाहाटी: स्पेशल टास्क फोर्स (एसटीएफ)ले सोमवार अमीन गाउँमा एउटा बसबाट हेरोइनको साथ एक दम्पतिलाई पक्राउ गऱ्यो। एसटीएफले यी दम्पतिबाट भारी मात्रा ड्रग्स जफत गरेको छ। पुलिसलाई दुईजना मानिसहरूले बस मार्फत भारी मात्रामा ड्रग्स तस्करी गरिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि एसटीएफले बिहान एउटा बसलाई गुवाहाटीको लोखरादेखि पछ्याउँदै ब्रह्मपुत्र नदीको दोस्रो किनार अमीन गाउँमा नर्थ गुवाहाटी मल्टी स्पेशलिटी अस्पताल सामु आइपुगेपछि रोक्यो। बसभित्र जाँच गर्दा दम्पतिकोमा हेरोइनले भरिएका १२ वटा साबुनदानीहरू भेटियो। त्यसपछि एसटीएफले मोहम्मद खर्शेद अली (५३) र उसकी पत्नी हमिदा बेगम (४५)लाई पक्राउ गऱ्यो। एसटीएफले यी दम्पतिबाट १३९.५ ग्राम हेरोइन अनि २ वटा मोबाइल फोन जफत गऱ्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement