सेवक पुलिसको सहयोगमा एक ब्यक्तिको ज्यान जोगाईयो

IMG-20240304-WA0138.jpg

सिलगढी: आइतबार लगभग बेलुकी ५ बजे एनजेपी सूर्यसेन कॉलेज, सिलीगुड़ी निवासी विश्वजीत घोष (३२वर्ष ) नामक एक व्यक्ति राजमार्ग १० सेवक थाना अन्तरगत कालीझोडा अंधेरी झोडा नजिक बाहिर बस्न जाँदा अचानक लगभग सडकबाट २०० फीट तल झरेको थियोे। यो सूचना पाउन साथ सेवक पुलिस टीम घटनास्थलमा पुगेर सो ब्यक्तिलाई उद्धार गर्न सक्षम बनेको छन। सेवक पुलिसले डेढ़ घन्टाको कडा मेहनत पछि स्थानीय कालीझोडाबासीको सहयोगमा पीडित ब्याक्ती सकुशल उद्दार गरि बचाउन सक्षम बनेका छन् ।यद्यपि सो व्यक्ति गंभीर रूपले घायल भएता पनि सेवक पुलिस र स्थानीयबासीको प्रयासमा सकुशल उद्धार गरि सिलिगुडीको निजी अस्पताल उपचार निम्ति पठाइएका सेवक आउट पोस्ट प्रभारी ओसी तपन दासले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement