डेवोन कनवे मईसम्म आईपीएलबाट बाहिर

IMG-20240304-WA0119.jpg

क्राइस्टचर्च: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ शुरु हुन अघि नै चेन्नई सुपर किंग्सलाई ठूलो धक्का लाग्यो कारण न्यूजील्याण्डका ओपनिंग ब्याटर डेवोन कनवेले देब्रे हातको बुड़ी औंलीको सर्जरी गराउनु पर्नेछ अनि रिकवरी अवधि कम्तीमा आठ हप्ताको हुने अनुमान रहेको छ। यसैकारण उनले मईसम्म आईपीएलमा हिस्सा लिन सक्नेछैनन्। कनवेलाई अष्ट्रेलिया विरुद्ध दोस्रो टी२० म्याचको अवधि चोट लागेको थियो। उनको औंलीमा फ्र्याक्चर भएको पत्तो लागेको छ। न्यूजील्याण्ड क्रिकेट (एनजेडसी)-द्वारा जारी बयानमा भनिएको छ, एकाधिक स्क्यान र विशेषज्ञको परामर्शपछि कम्तीमा आठ हप्ताको रिकवरी अवधिको साथ कनवेको सर्जरी गराउने फसेला गरियो। चोटमुक्त हुने अवधि आठ हप्ता तोकिएको हुनाले कनवेले आईपीएलको आउँदो संस्करणमा शुरुवाती म्याचहरू खेल्न सक्नेछैनन्, जुन २२ मार्चदेखि शुरु हुनेछ।
कनवेले चोटले गर्दा नै अष्ट्रेलिया विरुद्ध पहिलो टेस्ट म्याचमा हिस्सा लिएनन् अनि हेनरी निकोल्सलाई कवरको रूपमा बोलाइएको छ। निकोल्स अष्ट्रेलिया विरुद्ध ८ मार्चदेखि क्राइस्टचर्चमा शुरु हुने दोस्रो टेस्टको निम्ति पनि टीममा रहनेछन्। न्यूजील्याण्डका प्रशिक्षक ग्यारी स्टीडले भने, हामी सबैलाई डेवोनको कमी अनुभव हुनेछ। उनी टीमका महत्त्वपूर्ण सदस्य हुन्। मैदान भित्र अनि बाहिर हामीलाई उनको कमी अनुभव हुनेछ। हामी उनलाई सर्जरीको निम्ति शुभकामना दिन्छौं। फिट नभएसम्म हामी उनलाई साथ र समर्थन दिन जारी राख्नेछौं। उल्लेखनीय छ, चेन्नई सुपर किंग्सले गत विजेता टीमको रूपमा आईपीएल २०२४-को उद्घाटन म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोरको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement