रणजी ट्रफी कार्यक्रमको आलोचना गरे शार्दुल ठाकुरले

IMG-20240304-WA0111.jpg

मुम्बई: भारत र मुम्बईका अनुभवी अलराउण्डर शार्दुल ठाकुरले बताएअनुसार, भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आउँदो सालदेखि रणजी ट्रफी प्रतियोगिताको कार्यक्रममाथि पुनर्विचार गर्नु पर्नेछ कारण केवल ३ दिनको अन्तरालमा लगातार १० वटा म्याच खेल्दा खेलाड़ीहरूलाई चोट लाग्ने खतरा हुन्छ। शार्दुलले भने, खेलाड़ीहरूका निम्ति नक्आउट म्याचहरूबीच ३ दिनको अन्तरालमा सामञ्जस्य मिलाउनु मुश्किल हुन्छ कारण पहिला यस्तो हुँदैन थियो। तमिलनाडु विरुद्ध सेमिफाइनलमा शतक बनाएपछि ठाकुरले भने, यो मुश्किल छ कारण हामीले प्रत्येक ३ दिनको अन्तरालमा प्रथम श्रेणीको म्याच खेलिरहेका छौं। पहिला कुनै पनि रणजी ट्रफी सीजनमा यस्तो भएको थिएन। अहिलेको कार्यक्रम खेलाड़ीहरूका निम्ति मुश्किल रहेको छ। यसरी खेलाड़ीले अझ दुई सीजन खेल्न जारी राखे धेरैलाई चोट लाग्न सक्छ।
ठाकुरले बताएनुसार, रणजी ट्रफीको कार्यक्रममाथि आउँदो साल बीसीसीआईले पुनर्विचार गर्नु पर्नेछ अनि खेलाड़ीहरूलाई अधिक ब्रेक दिनु पर्नेछ। उनले भने, केही साल अघिसम्म रणजी ट्रफीका म्याचहरूबीच धेरै दिनको ब्रेक हुन्थ्यो। मलाई अहिले पनि आफ्नो पहिलो रणजी ट्रफी खेलेको दिनहरू याद छ। सात-आठ साल अघि शुरुवाती ३ वटा म्याचहरूमा ३ दिनको ब्रेक हुन्थ्यो। त्यसपछि ४-४ दिनको ब्रेक हुन्थ्यो अनि नक्आउट चरणमा ५ दिनको ब्रेक हुन्थ्यो। यस साल हामीले प्रत्येक म्याचबीच ३-३ दिनको अन्तर देख्यौं। यसरी कुनै टीमले फाइनलमा स्थान बनाए खेलाड़ीहरूबाट केवल ३-३ दिनको अन्तरालमा लगातार १० वटा म्याच खेल्ने आशा गर्नु अन्याय हुनेछ। यस्तो व्यस्त कार्यक्रममा विशेषगरी एकजना पेस बलरले तरोताजा हुने पर्याप्त समय नै पाउँदैनन्।
ठाकुरले भने, रणजी ट्रफीको व्यस्त कार्यक्रमले गर्दा नै मोहित अवस्थीलाई छैटौं म्याचमै चोट लाग्यो। उनले लगातार पाँचवटा म्याच खेलेका थिए अनि उनीमाथि अतिरिक्त दबाउ थियो कारण तुषार देशपाण्डेको चयन भारत ए टीममा भएको थियो। धवल कुलकर्णी आफ्नो उमेर र कार्यभार प्रबन्धनले गर्दा एउटा म्याच छोड़ेर खेलिरहेका छन्। रोयस्टन डायस नयाँ खेलाड़ी हुन्। म्याचहरूको बीचमा पर्याप्त समयको ब्रेक हुनु जरूरी छ। तमिलनाडुका कप्तान आर साई किशोरले पनि ठाकुरको कुरामा सहमति जनाएका छन्। उनले भने, धेरै खेलाड़ीहरूलाई यस्तो अनुभव भएको छ। लगातार म्याच र यात्राले गर्दा पेस बलरहरूलाई थकानले सताउँछ। यसबाहेक अभ्यास सत्रमा पनि अधिक समय दिन सकिँदैन। बोर्डले यसबारे सोचविचार गर्ने आशा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement