लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको बहुप्रतीक्षित म्यानचेष्टर डर्बी-मा म्यानचेष्टर सिटीले एकतर्फी जीत हासिल गऱ्यो। म्यानचेष्टर सिटीले आइतवार राति खेलिएको हाई प्रोफाईल म्याचा म्यानचेष्टर युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७३ प्रतिशत पोजेशनको साथ खेल्ने सिटी मध्यान्तरसम्म चाहिँ एक गोलले पछि रहेको थियो। मार्कस रासफोर्डले आठौं मिनटमा म्यानचेष्टर युनाइटेडलाई बढ़त दिलाए तर दोस्रो हाफको खेलमा सिटीले गोलको वर्षा गरेर जीत हासिल गऱ्यो। होम टीमबाट फिल फोडेनले ५६औं र ८०औं मिनटमा २ गोल गरे। यसबाहेक एर्लिंग हालाण्डले इञ्ज्युरी टाइमको पहिलो मिनटमा अझ एक गोल गरे। यस जीतपछि म्यानचेष्टर सिटी २७ वटा म्याचमा ६२ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी छैटौं स्थानमा रहने युनाइटेडसँग ४४ पोइण्ट्स रहेको छ। अन्य एउटा म्याचमा बोर्नमाउथले बर्नलेलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट जस्टिन क्लुइवर्टले १३औं र एण्टोनी सेमेन्योले ८८औं मिनटमा गोल गरे।









