फर्मूला वन्ः सीजनको आठौं रेस जिते वर्स्टेपेनले

IMG-20220801-WA0102.jpg

१ अगस्तः फर्मूला वन् च्याम्पियन म्याक्स वर्स्टेपेनले स्पिन र सीजनको सबैभन्दा खराब शुरुवाती स्थानको वाधालाई पार गर्दै असाधारण पुनरागमनको साथ आइतवार यहाँ हंगेरी ग्रां.प्री.-मा जीत हासिल गरे। जारी सीजनमा यो उनको आठौं जीत हो। यसको साथै उनले निकटतम् प्रतिद्वन्द्वी चार्ल्स लेक्लरमाथि ८० पोइण्टको बढ़त हासिल गरे। मर्सिडीज टीमबाट लगातार दोस्रो रेसमा दुईवटा कार पोडियम स्थानमा रह्यो। सातपल्टका फर्मूला वन् च्याम्पियन लुईस हेमिल्टनले सातौं स्थानबाट द्रुत सुधार गर्दै दोस्रो स्थान हासिल गरे जबकि उनका साथी जर्ज रसेल तेस्रो स्थानमा रहे। टीम फरारीका कार्लोस सेंज जूनियरले चौथो स्थान हासिल गरे। लेकलर्क रेडबुलका सर्जियो पेरेज एक स्थान पछि छैटौं स्थानमा रहे। वर्स्टेपेनको यो सीजनको आठौं अनि करियरको २८औं जीत हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement