भारोत्तोलनमा सफलता जारीः रेकर्डको साथ स्वर्ण पदक जिते अचिंताले

IMG_20220801_114957.jpg

१ अगस्तः राष्ट्रमण्डल खेलहरूको भारोत्तोलन (वेट लिफ्टिंग) स्पर्धामा भारतको स्वर्णिम अभियान जारी रह्यो। आइतवार राति अचिंता शेउलीले पुरुषहरूका ७३ किग्रा भार वर्गमा नयाँ रेकर्डको साथ देशलाई तेस्रो स्वर्ण पदक दिलाए। यसअघि टोक्यो ओलम्पिकमा रजत पदक विजेता मीराबाई चानू र १९ वर्षीय युवा जेरेमी लालरिननुंगाले भारतलाई भारोत्तोलनमा स्वर्ण पदक दिलाएका थिए। पश्चिम बंगालका २१ वर्षीय शेउलीले स्न्याचमा १४३ किग्रा ओजन उठाए, जुन राष्ट्रमण्डल खेलहरूमा नया रेकर्ड हो। उनले क्लीन एण्ड जर्कमा १७० किग्रा सहित जम्मा ३१३ किग्रा ओजन उठाएर राष्ट्रमण्डल खेलहरूमा नयाँ रेकर्ड बनाए। गत वर्ष जूनियर विश्व भारोत्तोलन च्याम्पियनशीपमा रजत पदक जित्ने शेउलीले दुवै सर्वश्रेष्ठ लिफ्ट तेस्रो प्रयासमा गरे। स्न्याचमा अचिंताले पहिलो प्रयासमा १३७ किग्रा, दोस्रो प्रयासमा १४० किग्रा र तेस्रो प्रयासमा १४३ किग्रा ओजन उठाए। यसरी नै क्लीन एण्ड जर्कमा अचिंताले पहिलो प्रयासमा १६६ किग्रा ओजन उठाए। उनले दोस्रो प्रयासमा १७० किग्रा ओजन उठाउन सकेनन्। दोस्रो प्रयासमा असफल रहे पनि उनले तेस्रो प्रयासमा १७० किग्रा ओजन उठाएर स्वर्ण पदक सुनिश्चित गरे। यस भार वर्गमा मलेशियाका ई हिदायत मोहम्मदले जम्मा ३०३ किग्रा ओजन उठाएर रजत र कनाडाका शाद डारसिग्नीले जम्मा २९८ किग्रा ओजन उठाएर काँस्य पदक जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement