सिक्किम: स्टर भोलियन्टर्स र स्वास्थ्यकर्मीलाई लिएर अभिमुखी कार्यक्रम आयोजित

IMG-20240302-WA0213.jpg

गान्तोक: नाम्चीको जिल्ला प्रशासनिक केन्द्रको पहलमा नशामुक्त भारत अभियान अन्तर्गत मास्टर भोलियन्टर्स र स्वास्थ्यकर्मीहरूलाई लिएर एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित कार्यक्रममा नाम्ची जिल्लाकी जिल्लापाला अन्नपूर्म आले,सह जिल्लापाल पुल्कित लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य नशालु पदार्थ दुरुपयोगको खतरालाई उन्मूलन गर्ने उद्देश्यले सामूहिक दृष्टिकोण सुनिश्चित गर्नु थियो, जसमा सचेतना अभियान, कानुनी उपाय, उपचार सुविधाहरू, र सामुदायिक संलग्नता लगायत व्यापक रणनीतिहरू समावेश गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल आलेले राज्यमा नशालु पदार्थ सेवन र मदिरा दुव्र्यसनमा चासो लिनेहरू अधिक संख्यामा रहेको जानकारी गराइन्। नशालु पदार्थ दुव्र्यसनमा फँसेका व्यक्तिभन्दा परिवार र समाजमा सचेतनामा जोड दिनुपर्ने बताउँदै उनले यस्ता घटनालाई सम्बोधन गर्दा स्वीकार्य र समझदार हुनुपर्ने बताइन्। सोही प्रकारले महकुमा अधिकारीले यस कार्यक्रमको अवधारणाकोबारेमा विस्तृत जानकारी दिदै, समस्या सिक्किम राज्यको निम्ति मात्र नभएर विश्वभरिको रहेको हुनाले यस प्रकारको अभियानले नशालु पदार्थ विहिन दिगो विश्वको लक्ष्य हासिल गर्न कार्य र सहयोगलाई बलियो बनाउन सकिने सम्भावना व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *