नयाँ दिल्ली: दिल्ली क्यापिटल्स फ्रेञ्चाइजीका कप्तान तथा अनुभवी विकेटकीपर-ब्याटर रिषभ पन्तले राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-बाट चाँड़ै फिटनेस सम्बन्धी स्वीकृति पाउन सक्छन्। यसरी पन्त १५ महिनापछि क्रिकेट मैदानमा फर्किने तयारीमा जुटेका छन्। इण्डियन प्रीमियर लीग (आईपीएल) -को आउँदो संस्करण २२ मार्चदेखि शुरु हुनेछ अनि पन्तको प्रदर्शनमाथि सबैको नजर रहनेछ। रिपोर्ट अनुसार, पन्तलाई आफ्नो क्रिकेट गतिविधिहरू फेरि शुरु गर्न ५ मार्चमा एनसीए-को मेडिकल स्टाफहरूले फिटनेस प्रमाण पत्र सुम्पिन सक्छन्। दिसम्बर २०२२-मा भयावह कार दुर्घटनापछि गम्भीर चोटहरू लागेको हुनाले पन्तलाई मैदानमा फर्किन निक्कै समय लागिरहेको छ। उनलाई सम्पूर्ण रूपले फिट हुन लगभग १५ महिना समय लाग्यो। एनसीए-मा पन्त लामो समयदेखि आफ्नो फिटनेसमाथि काम गरिरहेका छन्। उनले जिममा घण्टौं समय बिताउनको साथै बीच-बीचमा सोशल मीडियामा आफ्नो फिटनेस सम्बन्धी अपडेट पनि दिएका छन्। अब पन्त फिट भएर दिल्ली क्यापिटल्स टोलीमा सामेल भए कप्तानी पनि गर्नेछन्। उनले आईपीएलको अवधि विकेटकीपिंग गर्ने सम्भावना चाहिँ कम्ती नै रहेको छ। आईपीएलको गत संस्करणमा दिल्ली क्यापिटल्सको टीम पोइण्ट्स टेबलको फेदमा रहेको थियो।