आईपीएलको निम्ति राजनीतिबाट सन्न्यास लिए गम्भीरले

IMG-20240302-WA0208.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा आफ्नो प्रतिबद्धताहरूले गर्दा सक्रिय राजनीतिबाट सन्न्यास लिने फसेला गरेका छन्। गम्भीरले शनिवार सोशल मीडिया प्ल्याटफर्म एक्स-मा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जय प्रकाश नड्डालाई सम्बोधित पोस्टमा लेखेका छन्, आफ्नो आगामी क्रिकेट प्रतिबद्धताहरूमाथि ध्यान केन्द्रित गर्न म माननीय पार्टी अध्यक्ष जेपी नड्डा ज्यूसँग मलाई मेरो राजनीतिक कर्तव्यहरूबाट मुक्त गर्ने अनुरोध गर्दछु। म माननीय प्रधानमन्त्री नरेन्द्र मोदी अनि माननीय गृह मन्त्री अमित शाहलाई हृदयबाट धन्यवाद दिन चाहन्छु, जसले मलाई मानिसहरूका सेवा गर्ने अवसर प्रदान गरे। जय हिन्द। आगामी लोकसभा चुनाउको निम्ति भारतीय जनता पार्टी (भाजपा)-ले उम्मेद्वारहरूका पहिलो सूची जारी गर्न अघि नै गम्भीरले राजनैतिक करियरबाट बिदा लिएका छन्। गम्भीरले राजनैतिक पीचमा आफ्नो ईनिंग्सको शुरुवात २०१९-मा लोकसभा चुनाउको केही दिन अघि भाजपाको सदस्यता ग्रहण गरेर गरेका थिए। पार्टीले उनलाई पूर्वी दिल्ली लोकसभाको सीट दिएको थियो। गम्भीरले आम आदमी प्रत्याशी आतिशी मार्लेनालाई पराजित गरी संसदको टिकट हासिल गरेका थिए। गम्भीरले राजनीतिको मैदानमा पनि आफ्नो क्षेत्रका समस्याहरूसँग डटेर जुझेका थिए। उनले कोविड कालमा मानवताको परिचय दिँदै आफ्नो दुई सालको वेतन दान दिएका थिए। यसबीच आईपीएलको १७औं संस्करणको निम्ति गम्भीरको पुरानो टोली कलकत्ता नाइट राइडर्स (केकेआर)-ले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। गम्भीरकै कप्तानीमा केकेआर-ले दुईपल्ट आईपीएल खिताब जितेको थियो। अहिले उनी आफ्नो पूरा ध्यान आईपीएलमा केन्द्रित गर्न चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement