क्वार्टर फाइनलमा पुग्यो वरियर्स एकाडमी बाघडुग्रा

३१ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा वरियर्स एकाडमी बाघडुग्राले क्वार्टर फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा आइतवार भएको म्याचमा वरियर्स एकाडमी बाघडुग्राले आयोजक एनवाईसी सेभोकलाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *