बंगाल: ग्राहकलाई बन्धक बनाएर पैसा लुट्ने बैंकका दुई अस्थायी कर्मचारी पक्राउ परे

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

सिलगढी: ऋणको रकम बुझाउन नसकेर ग्राहकलाई बन्धक बनाएर रकम असुलेको आरोपमा पानीटङ्की थानाले बैंकका दुई अस्थायी कर्मचारीलाई पक्राउ गरेको छ। आरोपितको नाम सोनु कामती (३२) र सौरभ राय (३२) रहेको छ। जानकारीका अनुसार केही दिनअघि बागडोगराका एक युवकले पानीटङ्की चौकीअन्तर्गतको क्षेत्रमा रहेको बैंकबाट २ लाख ५० हजार ऋण लिएका थिए ।यहाँ बैंकबाट इएमआई जम्मा गर्न दबाब दिए पनि युवकले पैसा जम्मा गर्न सकेनन्। यसैबीच हिजो युवककी आमा करिब १०–१२ हजार रुपैयाँ इएमआई जम्मा गर्न बैंक आएकी थिइन्। सो क्रममा बैंकका दुई अस्थायी कर्मचारीले महिला ग्राहकलाई बन्धक बनाएर पैसा समेत खोसेको आरोप छ। खबर पाएलगत्तै पानीटैकी थानाको पुलिस घटनास्थल पुगेको थियो। यसैबीच महिलाको उजुरीपछि पुलिसले आरोपित दुवै कर्मचारीलाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *