सिक्किम: मुख्यमन्त्रीको गेजिङ जिल्ला भ्रमण तयारीबारे सभा सम्पन्न

IMG-20240302-WA0211.jpg

गेजिङ: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको भोलि अर्थात ३ मार्चको दिन गेजिङ जिल्लाको भ्रमण तयारीलाई लिएर आज जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा एक सभा सम्पन्न भयो।विशेष गरेर मुख्यमन्त्री तामाङले भोलि गेजिङ जिल्लाको सञ्चमान लिम्बू सरकारी महाविद्यालयको प्रेक्षागृहको उदघाटन गर्ने भएका छन्। गेजिङ जिल्ला अन्तर्गत याङथाङ समष्ठी अन्तर्गत सञ्चालित सञ्चमान लिम्बू सरकारी डिग्री कलेजको प्रेक्षागृहको उदघाटन गर्ने कार्यक्रम रहेको छ। आजको यस तयारी सभामा गेजिङ जिल्लाका जिल्ला अध्यक्ष डिएस लिम्बू, एसबीएसका अध्यक्ष डीबी गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा नवनिर्मित कलेजको पूर्वाधारको शुभारम्भ कार्यक्रमलाई सहज र सफल बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन आवश्यक पहल गर्ने विषयमा गहिरो छलफल गरियो।

गेजिङ मोडल पुलिस थाना, जिल्ला अस्पतालमा सिटि स्क्यान सुविधा, क्योङ्साको अडिटोरियम हललगायतका नियमित उद्घाटन कार्यक्रममा संलग्न विभागहरूलाई समयमै कडाईका साथ कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *