सिक्किम: राजनीतिक दलका प्रतिनिधिहरूले गरे स्ट्रङ रूम र मतगणना केन्द्रको निरीक्षण

IMG-20240302-WA0209.jpg

गान्तोक: पाकिम जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले एभीएम राखिएको स्ट्रङ रूम र मतगणना हलको तयारीबारे निरीक्षण गराए। विशेष गरेर राज्यका चुनाउ आयोगका मुख्य चुनाउ अधिकारीको अनुमति लिएर उनले राजनीतिक दलका प्रतिनिधिहरूलाई पारदर्शिता देखाउँदै निरीक्षण गराएका हुन्। आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई मध्य नजर राख्दै पाकिम जिल्ला अन्तर्गत डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयको एउटा कोठालाई स्ट्रङ रूममा परिणत गरिएको छ भने सोही विद्यालयमा मतगणना हुने भएकोले यसको निम्ति पनि तयारी चलिरहेको छ। यस अवसरमा महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्री, चुनाउ प्रकोष्ठका संयुक्त सचिव मेरिना राई पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा एसकेएम, एसडीएफ, सिटिजन एक्सन पार्टीका प्रतिनिधिहरूलाई इभीएमको सुरक्षा, सुरक्षा सम्वन्धि प्रोटोकल साथै सीसी क्यामेरा आदिबारेमा जानकारी गराइयो। जिल्लापालले निर्वाचन आयोगको निर्देशन, मतगणना हलमा अनुमति दिने कर्मचारीलाई समेट्ने र चुनाउलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक पर्ने व्यवस्थाका बारेमा विस्तृत जानकारी गराए। उनले मतगणनाको दिन अपेक्षित मतगणना प्रक्रियाबारे पनि प्रकाश पारे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *