बंगाल: बन्द चिया बगानहरू खोल्न अन्तरिम रेजुलेसन प्रोफेशनल र बैंकहरू बीच समाधान निकाल्न जीटीए प्रमुखको निवेदन

IMG-20240302-WA0180.jpg

दार्जिलिङ: बन्द चिया बगानहरू पुन: खोल्ने सम्बन्धमा “अन्तरिम रेजुलेसन प्रोफेशनल” (IRP) र बैंकहरू बीचको वार्ताको प्रारम्भिक समाधान निकाल्न जीटीए प्रमुख अनित थापाद्वारा निवेदन गरिएको छ। जीटीए प्रमुख अनित थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘जीटीए क्षेत्रका केही चिया बगानहरू बन्द रहेका छन्। बगान बन्द रहेको कारण बगानमा निर्भर गर्ने श्रमिकहरुलाई आर्थिक समस्यादेखि लिएर नानीहरूको खाद्य साथै शिक्षासम्ममा प्रभावित पारेको छ। चियाबारी बन्द हुनुको धेरै कारणहरूमध्ये बगानले ब्याङ्कको लोन नतिरेको कारण पनि हो। यस्तै बन्दसँग जुझ्दै गरेको कमान हो अम्बटे चिया बगान। यो बगान अक्टोबर २०२३ देखि बन्द छ। बन्द हुनुको मुख्य कारण आईआरपी र सम्बन्धित बैंकहरू बीच सम्झौता नहुनु हो। समस्या समाधान गर्न असफल भएको परिणाम स्वरूप श्रमिकहरूले ठूलो आर्थिक कठिनाइको सामना गरिरहेका छन्।’
विज्ञप्तिमा जीटीए प्रमुख अनित थापाले अघि भने, ‘मैले यही विषय लिएर श्रम विभागका माननीय मन्त्री मोलय घटकलाई भेट गरेर समस्याको समाधान गर्न आग्रह गर्दै एउटा ज्ञापन पत्र पनि चढाएको छु। ज्ञापन पत्रमा मैले बन्द चिया बगानहरू पुन: खोल्ने सम्बन्धमा “अन्तरिम रेजुलेसन प्रोफेशनल” (IRP) र बैंकहरू बीचको वार्ताको प्रारम्भिक समाधान निकाल्न निवेदन गरेको छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *