बंगाल: सभासद श्याम शेर्पाको सहयोगद्वारा खरसाङमा क्यारम प्रतियोगिता

IMG-20240302-WA0191.jpg

खरसाङ: खरसाङ नगरपालिकाको क्यारेम प्रतियोगिता वार्ड नम्बर ६, ७ अनि वार्ड नम्बर १ लाई लिएर क्यारम प्रतियोगिता सम्पन्न भएको छ।क्षेत्रीय सभासद श्याम शेर्पाकाे विशेष सहयोग अनि युवा शक्ति वार्ड नम्बर ६ अनि ७ काे पहलमा उक्त क्यारम प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमकाे थाल्नी अतिथिहरु क्रमैले वार्ड नम्बर ७ को सभापति मोहन गुरुङ, खरसाङ फुटबल एसोसिएसनको अध्यक्ष नर्बु शेर्पा, अरुण तामाङ अनि शिव छेत्री कार्यकारिणी सदस्य सदभावना सोसियल वेलफेयर सोसाइटी, सानु शेर्पा, कर्म शेर्पा अध्यक्ष सचिव शेर्पा वेलफेयर सोसाइटी, बसन्त शेर्पा फूरनामगेल शेर्पा कार्यकारिणी सदस्य शेर्पा एसोसिएसन खरसाङ साथै अन्यकाे उपस्थिति रहेको थियोे। याे क्यारम प्रतियोगिताको फाईनल भोलि आईतबारर हुनेछ।

यस खेलमा एकलमा २२ जना अनि डबलमा ८ जनाले सहभागिता जनाएको जानकारी प्राप्त भएको छ। यस क्यारम प्रतियोगिताको विजेता अनि उपविजेतालाई नगदराशि साथै ट्रफी प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *