इण्डिपेण्डेन्स डे फूटबलः विनय स्पोर्टिंग क्लब र ओमकारा स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

३१ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा विनय स्पोर्टिंग क्लबले घोराबारी ८ माईललाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रिन्स र मैतराजले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा ओमकारा स्पोर्टिंग क्लबले जंगपाना युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट शेखरले २ अनि पाल्देनले १ गोल गरे। यसरी नै जंगपाना युनाइटेडबाट राकेशले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *