शिकागो: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीले अमेरिकाको महत्त्वपूर्ण फूटबल टुर्नामेण्ट यूएस ओपनमा खेल्नेछैनन्। मेस्सीको अमेरिकी क्लब इण्टर मियामीले यसपाली यूएस ओपन कपमा हिस्सा नलिने फसेला गरेको छ। मेजर लीग सकरका २६ वटा टीमहरूमा केवल ८ वटा टीमले यस प्रतियोगितामा हिस्सा लिने मौका पाउँछ। मेजर लीग सकरबाट यसपाली टुर्नामेण्टमा हिस्सा लिने ८ वटा टीममा अटलाण्टा, डलास, ह्यूस्टन, केनसस सिटी, लस एञ्जिल्स, सल्ट लेक, सेन जोस र सिएटल सामेल छ। यस प्रतियोगितामा जम्मा ९६ वटा टीमले हिस्सा लिनेछन्। ह्यूस्टन यस प्रतियोगिताको वर्तमान च्याम्पियन हो। गत वर्ष फाइनलमा ह्यूस्टनले इण्टर मियामीलाई नै २-१-ले पराजित गरेको थियो। चोटले गर्दा मेस्सीले त्यस म्याचमा हिस्सा लिएका थिएनन्।