बंगाल: जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: गैरी गाउँ तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजयी

IMG-20240302-WA0176.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको पहिलो दोस्रो राउण्डको दुईवटा खेलमा गैरी गाउँ तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजयी भएको छ। आज भएको पहिलो खेल गैरी गाउँ तीनधारे र महानदीमाझ सम्पन्न भएको थियो। गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा चार विकेट गुमाएर १७१ रन बनाएको थियो। महानदीको पक्षमा ब्याटर रजतले शतकीय पारी खेलेका थिए। उनले केवल ५९ बलमा १२९ रन बनाएका थिए। महानदीले १७२ रनको लक्ष्यलाई खेदो गर्दै निर्धारित पन्ध्र ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र बनाएको थियो। महानदीको लागि अभिषेक छेत्रीले सर्वाधिक ५७ रन बनाएका थिए। त्यसरी नै दोस्रो खेल पैनाकुमारी र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको थियो। पैनाकुमारीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ११६ रन बनाएको थियो। पैनाकुमारीको पक्षमा परीक्षितले ४२ अनि अरूण दर्जीले ४३ रन बनाएका थिए। ११७ रनको लक्ष्यलाई खेदो गर्दै लिंकन क्लब सिपाहीधुराले १३ ओभर ३ बलमा ७ विकेट गुमाएर ११९ रन बनाएको थियो।

सिपाहीधुराको पक्षमा संगम प्रधानले २५ र अनुप प्रधानले १८ रन बनाएको थियो। यस खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समिति नवज्योति संघ चुनभट्टीको पक्षमा रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *