लोक सांस्कृतिक मेलामा अनुभव साटासाट

Photo-1-1-2

काठमाडौं: नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको दोस्रो दिन कलाकारले आ–आफ्ना लोक कला संस्कृतिको अनुभव साटासाट गरेका छन्। एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा शुक्रबारदेखि शुरु भएको उक्त मेला फागुन २७ गतेसम्म संचालन हुनेछ।

मेलाले नेपालको पर्यटन र संस्कृति प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण रहने विश्वास आयोजकको छ। महोत्सव काठमाडौं, दाङ, पोखरा र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा हुन गइरहेको छ। मेलामा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३ सय ५० भन्दा बढी कलाकारहरु सहभागी छन् । मेला सन् २००१ (विसं २०५८)देखि दुई दुई वर्षको अन्तरालमा नियमित आयोजना हुँदै आएको छ। शुरुदेखि एघारौं संस्करणसम्म मेलामा ८५ भन्दा बढी देशका ८ हजार ५ सयभन्दा बढी कलाकारहरुले घरआँगनमा आ–आफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकले जनाएका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement