असम: असम राज्य मन्त्री परिषदद्वारा आर्थिक स्वीकृति

Assam

गुवाहाटी: असमको मन्त्री परिषदले आर्थिक स्वीकृति दिएको छ। असममा आँगनबाडी केन्द्रहरू र तटबन्धहरूको निर्माणक लागि १ मार्चको राति राष्ट्रिय कृषि तथा ग्रामीण विकास विकास ब्यांक(नाबार्ड)सित ४५४६.७४ करोड रुपियाँको निर्णय डिसपुरमा आयोजित राज्य मन्त्री परिषदको बैठकमा लिएको छ, अनि यसको अध्यक्षता असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले गरे। मन्त्री परिषदको बैठकमा असममा लगानी गर्न इच्छुक चार कम्पनीको प्रस्ताव स्वीकृत भएको पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री केशव महन्ताले जानकारी दिए। यी कम्पनीहरुले रु० १,६१२ करोड, जसले राज्यमा ४,१२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ। मन्त्री ‘परिषदले व्यावसायिक स्तरमा पोल्ट्री फार्म स्थापना गर्ने नीति स्वीकृत गरेको उनले बताए। यसका लागि प्रदेश सरकारले ५ करोड पुँजीगत अनुदान र कुल १० करोड रुपियाँ अनुदान दिने महन्तले बताए। यसैबीच, राज्य मन्त्री परिषदले आज प्रधानमन्त्री नरेन्द्र मोदी, सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन को उपस्थितिमा असमको जागीरोडमा सेमीकन्डक्टर एटीएमपी इकाई स्थापना गर्ने निर्णयको अलावा १,६१२ करोड रुपियाँको चारवटा लगानी प्रस्तावहरू स्वीकृत गरेको छ। टाटा सेमीकन्डक्टर एसेम्बली एण्ड टेस्ट प्राइभेट लिमिटेडद्वारा नई परियोजनाहरू म्याक्सिम इन्फ्रास्ट्रक्चर र रियल एस्टेट प्राइवेट लिमिटेड (३३० करोड रुपियाँ), केडी आयरन एण्ड स्टील कम्पनी (३२५ करोड रुपियाँ), टपसेम इण्डिया (७४२ करोड रुपियाँ), र फ्लेक्सकम प्लास्ट प्राइभेट लिमिटेड (२१५ करोड रुपियाँ)l मन्त्री परिषदको बैठक पछि मीडियालाई जानकारी दिँदै स्वास्थ्य मन्त्री केशव महन्तले भने, ‘मन्त्री परिषदले १६४ करोड रुपियाँको अनुमानित लागतबाट बरुआ चरियालीसित जोरहाटमा भोगदोई पुलसम्म तीन लेनको फ्लाईओवर बनाउने निर्णय गरेको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *