सिक्किम: सिक्किममा बस यात्रालाई क्रान्तिकारी बनाउन सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी) र रेड बसबीच साझेदारी

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

गान्तोक: विश्वको सबैभन्दा ठूलो अनलाइन बस टिकटिङ प्लेटफर्म रेडबसले प्राकृतिक रूपले सम्पन्न राज्य सिक्किमको एक प्रमुख राज्य-स्वामित्व बस परिवहन निगम  सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी)सित आफ्नो साझेदारीको घोषणा गरेको छ। यस सहकार्यले यात्रुहरूलाई सहज र सुविधाजनक यात्रा अनुभव प्रदान गर्दै यस क्षेत्रमा बस यात्राको डिजिटलाइजेशनमा अग्रसर महत्त्वपूर्ण कदमलाई दर्शाउँछ। भविष्यमा थप निजी उपक्रम सेवाहरू समावेश गर्ने योजनाको साथ शुरूआतमा २५ वटा एसएनटी सेवाहरू रेडबस प्लेटफर्ममा   अनलाइन बुकिङका लागि उपलब्ध हुनेछन्। रेडबस जीडीएस (ब्याक-एण्ड टेक्नोलोजी)द्वारा संचालित एसएनटीले यात्रीहरूलाई यस क्षेत्रको अन्तर-राज्यीय यात्राको लागि सजिलैसँग आफ्नो बस टिकटहरू अनलाइन बुक गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। 

एसएनटी रेडबस नेटवर्कमा सामेल भएपछि यात्रीहरूले रेडबस ऐप र वेबसाइट मार्फत सेवाहरू र मार्गहरूको विस्तृत दायराबारे खुलस्त जानकारी हासिल गर्न सक्छन्। यस साझेदारी मार्फत, एसएनटी बस टिकट र सेवाहरू रेडबस र मेक माई ट्रिप र गोइबिबो लगायत यसका सबै समूह प्लेटफर्महरूमा उपलब्ध हुनेछन्।

एसएनटीले आफ्नो सेवा ७५ मार्गहरूमा संचालन गर्दछ, जसमा सिलगढी, गान्तोक, नाम्ची, पाकिम, रुम्तेक र माछोङ लगायतका प्रमुख मार्गहरू समावेश छन्। प्यासेन्जर ट्राफिकद्वारा सन्चालित शीर्ष एसएनटी मार्गहरूमा निम्न मार्ग समावेश छन्:  

• गान्तोकदेखि सिलगढी 

• गान्तोकदेखि कालेबुङ 

• मंगनदेखि सिलगढी 

• रोङलीदेखि सिलगढी 

• सिंगतामदेखि  सिलगढी

• नामथाङदेखि सिलगढी 

• जोरथाङदेखि सिलगढी 

• सिलगढीदेखि जोरथाङ हुँदै पेलिङ

• राभङ्गलादेखि नाम्ची हुँदै सिलगढी  

• नाम्चीदेखि सिलगढी

यात्रीहरूले सामान्य, ए/सी डिलक्स, र  ए/सी सुपर डिलक्स कोचहरूसहित एसएनटीद्वारा प्रस्तावित विभिन्न प्रकारका सेवाहरूबाट छनौट गर्न सक्छन्।

यस साझेदारीको महत्त्वमाथि प्रकाश पार्दै सिक्किम सरकारको यातायात विभागका सचिव राज यादवले भने, ‘हामी हाम्रा यात्रीहरूका लागि बुकिङ अनुभव बढाउन रेडबससँग साझेदारी गर्न पाउँदा खुशी छौं। यो सहकार्य सिक्किमका यात्रीहरूको फाइदाको लागि तकनीकि लाभ उठाउने हाम्रो प्रतिबद्धतासँग मेल खान्छ, उनले  थप भने। सचिव यादवले अघि भने,  ‘हाम्रो उद्देश्य हाम्रा विविध ग्राहकहरूको बढदो आवश्यकताहरू पूरा गर्नु र उनीहरूको अनुभवलाई सहज र झन्झटमुक्त बनाउनु होl’ यस साझेदारीको बारेमा टिप्पणी गर्दै रेडबसका प्रमुख व्यापार अधिकारी मनोज अग्रवालले भने, ‘हामी रेडबस परिवारमा सिक्किम राष्ट्रियकृत परिवहनलाई स्वागत गर्न पाउँदा उत्साहित छौं। १०औं क्षेत्रीय यातायात निगम ( आरटीसी) को रूपमा पूर्व जिल्लामा प्रत्यक्ष (लाइभ)जानका लागि यस साझेदारीले क्षेत्र भित्रका यात्रीहरूको लागि पहुँच र सुविधा बढाउने दिशामा ठूलो परिवर्तनलाई प्रदर्शित गर्दछ। रुटहरूको विविध दायरासितै बढदो सुविधा र विस्तृत सूचीका साथ, यस साझेदारीले सिक्किम र बाहिरको उत्कृष्ट यात्रा अनुभव सुनिश्चित गर्दै यात्रीहरूलाई विकल्पहरूको प्रशस्तता प्रदान गर्दछl’

रेडबस र सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी) बीचको साझेदारीले सिक्किमभित्र बस यात्रामा सुविधायुक्त र स्थिरताको नयाँ युगको शुरुवात गर्नेछ।  बढ्दो सिट उपलब्धता, भविष्यमा विद्युतीय सवारी साधनको शुरूवात र रुटहरूको विस्तृत श्रृंखलाका साथ यात्रीहरूले सहज र पर्यावरणमैत्री यात्रा अनुभवको अपेक्षा गर्न सक्छन्। यस सहकार्यले सिक्किमका बस यात्रीहरूका लागि उज्यालो भविष्यको प्रतिज्ञा गर्दै नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति साझा प्रतिबद्धतालाई जोड दिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *