सिक्किम: एसडीएफ उपाध्यक्ष केएन राईमाथि प्राणघातक आक्रमण गर्ने ६ जना आरोपी पक्राउ

SI.png

गान्तोक: सिक्किम विधानसभाका पूर्व अध्यक्ष तथा एसडीएफ पार्टीका वरिष्ठ नेता केएन राई अनि प्रवक्ता डा. शिवकुमार तिम्सिनामाथि शुक्रबार दिउँसै मल्लीमा प्राणघातक हमला गरेको आरोपमा मल्ली पुलिसले ७ जना आरोपीलाई पक्राउ गरेको छ। उक्त मामिलाको जाँच गरिरहेको नाम्चीका एसपी डा. टीएन ग्यात्सोले आज पत्रकार सम्मेलनको आयोजा गरेर यसबारे जानकारी गराएका छन्। तिनले दिएको जानकारी अनुसार शुक्रबार अपरान्ह मल्लीको माझी गाउँमा केएन राई अनि अन्यहरूमाथि आक्रमण गरेको आरोपमा पक्रा पर्नेहरूमा जितेन राई, लक्ष्मण राई, डेविड राई, अवन तामाङ, किरण तामाङ र सरोज थापा सामेल छन्। यी पक्रा पर्नेहरू सबै सिक्किम मल्ली निवासी बताइएको छ। यसको साथै उक्त घटनामा संलग्न रहेका अन्य एकजना व्यक्ति हालसम्म पुलिसको हातमा पर्न नसकेको तथापि पुलिसले तिनको खोजी अभियान जारी राखेको बताइएको छ। एसपी टीएन ग्यात्सोले दिएको जानकारी अनुसार एसडीएफका कार्यकर्ता डा. शिवप्रसाद तिम्सिनाले उक्त घटनाबारे प्राथमिकी दर्ता गरेका थिए। उक्त प्राथमिकीमा आरोपीहरू एसके ०१ जेड ००१० नम्बर भएको सेतो रङ्गको जाइलो गाडीमा आएर एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राई लगायत अन्यलाई कुटपीट गरेर चम्पट कसेका थिए। घटनाबारे प्राथमिकी दर्ता भएपछि स्वयम् आफूले यसबारे पहल गर्दै मल्ली पुलिस थाना पुग्नको साथै सरोकारवाला पार्टीका नेताहरूसित पनि भेटघाट गरेका थिए। त्यसपछि आरोपीहरूकोे खोजीको लागि २ वटा टोली गठन गरेर कुभिन्डे जङ्गल, मल्ली डाँडा क्षेत्र, त्रिवेणी क्षेत्र लगायत अन्य क्षेत्रहरूमा खोजी गर्न उक्त टोलीलाई पठाइएको थियो। भारतीय संहिताका विभिन्न धाराहरू उल्लेख गरेर मल्ली पुलिस थानामा प्राथमिकी दर्ता गरिएको थियो। यसपछि राति लगभग १० बजेर ३० मिनटतिर रौँचिरा खोजी अभियान शुरू गरेपछि कुभिन्डे जङ्गलबाट लक्ष्मण राई, जितेन राई र डेविड राईलाई पुलिसले पक्राउ गरेको थियो भने अन्य पुलिस टोलीले लगभग २ बजीतिर मल्ली गुम्बा क्षेत्रबाट अवन तामाङलाई पक्राउ गरिएको बताइएको छ। यसैगरी, अन्य २ आरोपी किरण तामाङ र सरोज थापालाई त्रिवेणी जङ्गलबाट आज बिहान ६ बजी पक्राउ गरेको जनाइएको छ। पक्रा पर्ने आरोपीहरूविरुद्ध धारा ३०७(हत्याको प्रयास), ३४१ (गलत तरिकाले रोक्नु), ३२४ (खतरनाक हतियारद्वारा गम्भीर क्षति पुर्याउनु), ४२७ (क्षति पुर्याउने दुराचार) अनि ३४ (साझा नियतलाई अघि बढाउन धेरै व्यक्तिले गरेको कार्य) अन्तर्गत मामिला दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइरहेको एसपी डा. ग्यात्सोले जानकारी गराएका छन्। यसको साथै पुलिसले सातौँ निखोज रहेका आरोपीलाई खोजी निकाल्न तीव्र अभियान चलाइरहेको जानकारी गराएका छन्। उक्त आक्रमणपछिको उद्देश्य के रहेको थियो भन्ने जाँच कार्य गरिरहेको पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *