बंगाल: बेलकोवामा लाखौं रुपैयाँका गरगहना चोरी

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

राजगञ्ज: राजगञ्जको बेलकोवामा रहेको एक घरमा चोरी भएपछि इलाकामा हंगामा मच्चिएको छ। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत उत्तर बंगाल फार्म क्षेत्रका निवासी भास्कर दासको घरमा चोरी भएको बताइएको छ। चोरहरूले लाखौं रुपैयाँ नगद र सुनका गरगहना लुटेर लगेको परिवारले दाबी गरेका छन्।पारिवारिक स्रोतका अनुसार घटना शुक्रबार राति भएको हो। दिउँसोको खानामा केही मिसाएको मानिन्छ। खाना खाएपछि परिवारका सदस्यहरूलाई अस्वस्थ महसुस भयो र निद्रा लाग्न थाल्यो। साढे पाँच लाख नगद र केही सुनका गरगहना हराएका छन्। आज बिहान उठेपछि परिवारका सदस्यले चोरी भएको थाहा पाए। घटनाको जानकारी पाएलगत्तै बेलकोभा थानाका पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण विषयमा अनुसन्धान थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *