पहिलो टेस्टमा न्यूजील्याण्ड चेपारोमा

IMG-20240302-WA0159.jpg

वेलिंगटन: न्यूजील्याण्ड विरुद्ध पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाको जीतको गोरेटोमा अग्रसर भएको छ। जीतको निम्ति ३६९ रनको मुश्किल लक्ष्यलाई खेदो गर्दै आयोजक न्यूजील्याण्डले शनिवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेट गुमाएर १११ रन बनायो। न्यूजील्याण्डलाई अझ २५८ रनको आवश्यकता छ अनि हातमा केवल ७ विकेट बाँचेको छ। दिनको खेल समाप्त हुँदासम्म रचिन रविन्द्र ५६ र डेरिल मिचेल १२ रनमा अविजित थिए। रचिनले ९४ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाइसकेका छन्। अष्ट्रेलियाई बलरहरूमा स्पिनर न्याथन लियोनले २ र ट्रेविस हेडले १ विकेट लिए। लगभग असम्भव लक्ष्यलाई खेदो गर्दै न्यूजील्याण्डको शुरुवात चरम निराशाजनक रह्यो अनि ओपनर टम लाथम केवल ८ रन बनाएर आउट भए। त्यसपछि टीमको मुख्य भरोसा केन विलियम्सनले पनि केवल ९ रन बनाउन सके। यी दुवैलाई लियोनले आउट गरे। त्यसपछि दोस्रो ओपनर विल यंग पनि १५ रन बनाएर आउट हुँदा स्कोर ३ विकेटमा ५९ रन हुन पुग्यो। त्यहाँबाट चाहिँ रचिन र मिचेलले मिलेर दिनको अन्तसम्म लड़ाइँ जारी राखे।

यसअघि तेस्रो दिन अष्ट्रेलियाले शुक्रवारको स्कोर २ विकेटमा १३ रनदेखि अघि खेल्दै आफ्नो दोस्रो ईनिंग्सको स्कोरमा आज १५१ रन थपेर रहलपहल ८ विकेट गुमायो। शुक्रवार नाइट वचम्यानको रूपमा ओर्लिने लियोनले अष्ट्रेलियाको दोस्रो ईनिंग्समा सर्वाधिक ४१ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा स्पिनर अलराउण्डर ग्लेन फिलिप्सले सर्वाधिक ५ विकेट लिए। यसरी उनी २००८-मा जीतन पटेलपछि घरेलु माटोमा ५ विकेट हासिल गर्ने न्यूजील्याण्डका पहिलो स्पिनर बने। अष्ट्रेलियाले आज नियमित अन्तरालमा विकेट गुमायो। पहिलो ईनिंग्समा विध्वंशी शतक बनाउने क्यामरन ग्रीन ४१ र ट्रेविस हेड २९ रन बनाएर आउट भए। अष्ट्रेलियाको मध्य र तल्लो क्रमलाई फिलिप्सले तहसनहस पारे। न्यूजील्याण्डका बलरहरूमा फिलिप्स बाहेक म्याट हेनरीले ३ र टिम साउदीले २ विकेट लिए। उल्लेखनीय छ, म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ३८३ रन बनाएको थियो। जवाफमा न्यूजील्याण्डको पहिलो ईनिंग्स केवल १७९ रनमा समाप्त भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *