बंगाल: केन्द्रीय बल सिलगढी आइपुग्यो अनि आजदेखि रूट मार्च शुरू

central-force-2.jpg

सिलगढी: आज सिलगढीमा केन्द्रीय बल आइपुगेको छ। राज्यका विभिन्न ठाउँमा केन्द्रीय वाहिनी आउने क्रम शुरू भइसकेको छ। यसै क्रममा आज बिहान केन्द्रीय बलको एउटा कम्पनी हल्दीबारीबाट सिलगढी आइपुगेको छ। सिलगढी संलग्न जाब्राभिटामा पोलिटेक्निक कलेजको होस्टेलमा केन्द्रीय बललाई बस्ने व्यवस्था गरिएको छ। आज विभिन्न इलाकामा केन्द्रीय वाहिनीका जवानहरूले रूट मार्च गर्नेछन्। दार्जिलिङ जिल्लामा ५ वटा कम्पनी, जलपाईगढी जिल्लामा १० वटा कम्पनी र कालेबुङ जिल्लामा ४ वटा कम्पनीका जवानहरू तैनाथ गरिने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *