बंगाल: प्रतिबन्धित कफ सिरप सहित आमा-छोरी पक्राउ

Capture2-1.png

खोरीबारी: प्रतिबन्धित कफ सिरप सहित आमा-छोरीलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा तिनीहरुलाई पेश गर्यो। पक्रा परेकाहरूमा नुरून बेगम (६०), खवसारी बेगम (४३) सामेल छन्। तिनीहरू दुवै गन्डागोलजोत निवासी हुन्। उक्त घटना खोरीबारी शिवुजोत इलाकाको हो। प्राप्त जानकारी अनुसार एसओजी र खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा संयुक्त अभियान चलाएर ११५ बोतल प्रतिबन्धित कफ सिरप सहित आमा-छोरीलाई पक्राउ गरेको बताइएको छ। खोरीबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement