बंगाल: तृणमूल कांग्रेसले माँ, माटी, मानुषको अपमान गरिरहेछ: प्रधानमन्त्री

65e2c8fc45173-pm-modi-in-west-bengal-023643562-16x9-1.jpeg

काेलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगाल यात्राको दोस्रो दिन शनिवार नदिया जिल्लाको कृष्णानगरमा रोड शो र जनसभा गरे। यस अवधि प्रधानमन्त्रीले एक पल्ट फेरि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य सरकारमाथि तीखो हमला गरे।

उनले भने, तृणमूलले माँ, माटी र मानुषको नारा लगाएर यसको अपमान गरिन्। सन्देशखालीका बहिनीहरूले न्यायको गुहार लगाइरहे तर तृणमूल सरकारले उनीहरूको एउटै पनि सुनेन। बंगालमा पुलिस नभएर अपराधीले उनीहरूलाई कहिले पर्का पर्नुछ र कहिले सरेन्डर गर्नुछ भन्ने तय गर्छ। जब बंगालको नारी शक्तिले दुर्गाको रूप लिएर खड़ा भयो भने सरकारलाई उनीहरू सामू निहुरिनुपर्नेछ।

उनले भने, बंगालको जनताले तृणमूललाई बारम्बार जनादेश दियो तर यो अत्याचारको पर्याय बनेको छ। यसले विकासलाई नभएर परिवारवाद र भ्रष्टाचारलाई प्रोत्साहन दिन्छ। तृणमूलले बंगालका जनतालाई गरीबीमा राख्न चाहन्छ ताकि उसको राजनीति र खेल चलिरहोस्। मोदीले पश्चिम बंगाललाई पहिलो एम्स दिने गारन्टी दिएका थियो र मोदीको गारन्टीको अर्थ हो गारन्टीको पनि गारन्टी। नदिया जिल्लामा केही दिनअघि मात्र एम्सको लोकार्पण गरिएको छ। पश्चिम बंगाल सरकारलाई एम्स बन्नलाई लिएर समस्या छ। तृणमूल सरकारले त केन्द्रको योजनाहरूलाई लागू हुन दिँदैन। बंगालमा सुधारको निम्ति केन्द्र सरकारले निरन्तर काम गरिरहेछ।

मुख्यमन्त्री ब्यानर्जीमाथि हमला गर्दै प्रधानमन्त्रीले भने, तृणमूलले बंगाललाई यस प्रकार बदनाम गरेको छ कि उसले हरेक स्कीमलाई स्क्याममा बदली गर्छ। केन्द्रिय योजनाहरूको नाम बदली गरेर बंगालमा चलाएको आरोप लगाउँदै उनले भने, यिनीहरूले केन्द्र सरकारको योजनाहरूमा आफ्नो स्टीकर टाँस्छन्। यिनीहरूले गरीबहरूको योजनाहरूलाई पनि छोड्दैनन्। तपाईले पश्चिम बंगालमा परिवर्तन शुरूआत यही लोकसभा चुनाउबाट गर्नपर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *