सुकना: युवा फूटबल खेलाड़ीहरूका निम्ति अझ एउटा सुनौलो मौका रहेको छ। झारखण्डको प्रतिष्ठित सेल फूटबल एकाडमीद्वारा पश्चिम बंगालका खेलाड़ीहरूका निम्ति जारी प्रिलिमिनेरी सेलेक्शन ट्रायल्स चरणअन्तर्गत सुकनामा दुईदिने ट्रायलको आयोजन गर्नेछ। ट्रायलको आयोजन १२ र १३ मार्चको दिन सुकना हाई स्कूल मैदानमा हुनेछ। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा हुने यस ट्रायलमा १ जनवरी २००७-देखि ३१ दिसम्बर २००८-सम्म जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। गोलकीपरहरूका निम्ति उँचाई ५ फीट १० इञ्च अनि अन्य खेलाड़ीहरूका निम्ति उँचाई ५ फीट ७ इञ्च अनिवार्य हुनेछ। ट्रायल बिहान ७:३० बजीदेखि शुरु हुनेछ। ट्रायलमा हिस्सा लिन इच्छुक खेलाड़ीहरूले आफ्नो जन्म प्रमाण पत्र, आधार कार्ड र दुईवटा हालैको पासपोर्ट साइज फोटो ल्याउनु पर्नेछ।










