बंगाल: गोरामुमो सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20240302-WA0143.jpg

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न भएको छ। खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टाउन कमिटीको सांगठनिक सभा गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई टाशी भुटियाले सञ्चालन गरेका थिए। खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङको उपस्थितिमा सोनादा बजार लगायत वरिपरिका शाखाका प्रतिनिधिहरु उपस्थित रहेको जानकारी प्राप्त भएको छ। सभामा पार्टी अध्यक्ष मन घिसिङको निर्देशन अनुसार संगठनलाई दह्रिलो बनाउन हेतु अब गोरामुमोले गाउँ पसौ अभियानलाई अघि बडाउनु पर्ने प्रस्ताव पारित गर्‍यो। सोनादा क्षेत्रमा गोरामुमोलाई बलियो बनाउनको निम्ति शाखा प्रशाखाहरुलाई पुनः गठन गरी नयाँ प्रतिनिधिवर्ग पनि चयन गरिनु पर्ने प्रस्ताव पारित गर्‍यो । सभापछि सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले आफ्नो विज्ञप्ति जारी गर्दै भने, आफ्नो सांगठनिक गतिविधिलाई तीब्रता दिनको निम्ति आजको सभाले विभिन्न प्रस्तावहरु पारित गरेका छन्। हामी चुनावको निम्ति जन्मेको दल होइन जाति र माटोको उन्मुक्तिको निम्ति जन्मेको दल हो। यसको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीले निरन्तर दिल्लीमा कार्य गरिरहेका छन्। अब हामी पार्टी भएर होइन तर जाति भएर समग्र गोर्खा जातिको मुद्दा फत्ते गराउन अगि आउनु पर्छ एक पटक सबैले झण्डा नहेरेर जाति हितको निम्ति अध्यक्ष मन घिसिङलाई साथ दिनुपर्छ। बर्तमान पहाडको राजनैतिक गतिविधिलाई लिएर भने, अहिले पहाडमा सय दिने रोजगारको राशिमाथि पार्टीहरुले हामीले दिलाएको हो भनी हल्ला चलाउँदैछ। तर सय दिने रोजगारको राशि बंगालभरि दिएको हो कुनै नेताको गोजीबाट दिएको होइन र यो राशि पहाडमा मात्र दिएको होइन बंगालभरि दिएको हो र यो राशि भनेको जनताले कार्य गरे अनुसार भुक्तान गरेको राशि हो हामीले ट्याक्स तिरेका छौं कसैले पनि यसको राजनैतिक फाइदा नउठाउदा हुन्छ। सय दिने रोजगारको राशि केन्द्र सरकारले रोक्नुको कारण बंगाल अनि पहाडमा व्यापक घोटाला गरेको छ। यसको जाँच पहाडमा पनि हुनुपर्छ भनेर रुस्तम छेत्रीले आफ्नो मांग राखेका छन्। सबैलाई जातिको मुद्दाको चिन्ता छ तर सुर्ताउनु हुदैन। भारत सरकारले गोर्खा जातिलाई न्याय दिनेछ अब गोर्खाको सपनालाई प्रधानमन्त्री मोदीले बिपना बनाउनेछ भनी हामी बविश्वस्त छौं भनी रुस्तम छेत्रीले विज्ञप्तिमा जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *