बंगाल: जीटीए प्रमुख अनित थापाद्वारा तीनधारेको दुई नम्बर बस्तीमा सार्वजनिक भवनको उदघाटन साथै रोड निर्माणको लागि शिलान्यास

IMG-20240302-WA0141.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा सार्वजनिक भवनको उदघाटन साथै रोड निर्माणको लागि शिलान्यास गरिएको छ। जीटीए प्रमुख अनित थापा तीनधारेदेखि केही मुनि रहेको दुई नम्बर बस्ती आज बिहान आईपुग्दा स्थानीयहरूले भव्य स्वागत जनाएका थिए। उनीसितै भागोप्रमो केन्द्रीय सल्लाहकार गोपाल लामा पनि उपस्थित रहेका थिए। जीटीए प्रमुख अनित थापाको उपस्थितिमा दुई नम्बर बस्तीदेखि तीनधारेको सत्र माइलस्थित भञ्ज्याङसम्म पुग्ने अढ़ाई किलोमीटरसम्मको रोड निर्माणको लागि शिलान्यास गरिएको छ।

उक्त रोडको शिलान्यास जीटीए प्रमुख अनित थापाको उपस्थितिमा गोपाल लामा, क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानद्वारा पूजा अर्चना गरिएको थियो भने क्षेत्रीय सभासद नवराज छेत्रीको बाहुलीबाट नरिवल खुटाएर शिलान्यास गरिएको छ। त्यसपछि दुई नम्बर बस्ती र कोप्चे गाउँको लागि निर्माण गरिएको सार्वजनिक भवन पनि जीटीए प्रमुखको विशेष उपस्थितिमा भागोप्रमो केन्द्रीय सल्लाहकार गोपाल लामाको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। ३३ लाख ६३ हजार ६ सय ३९ रुपियाँमा निर्माण गरिएको उक्त सार्वजनिक भवनको उदघाटन कार्यक्रमलाई प्रकाश सार्कीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सभासद नवराज छेत्रीले राखेका थिए।

यसै कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापालाई दुई नम्बर बस्तीको समाज जनकल्याण संगठनको पक्षबाट सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दनमा उनलाई खदार्पणसहित सम्बर्ध्दना पत्र र डीएचआरको सानो रेलको ईञ्जिनको मोडेल प्रदान गरिएको थियो। कार्यक्रम अवधि जीटीए प्रमुख कार्यपाल अनित थापाले क्षेत्रका जनताको विभिन्न समस्याहरू विषयमा जनतासित भेटघाट पनि गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले यस क्षेत्रका जनताको समस्यालाई हेरेर सार्वजनिक भवन निर्माण गरिएको र तर यसको पानी र किचनको व्यवस्था पनि झट्टै गरिदिने सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। यसको साथै हलमा चाहिने चौकीहरू झट्टै ल्याई दिने वचन दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन जनकल्याण संगठनका सभापति युवराज थापाले राखेका थिए। यस सार्वजनिक भवनको उदघाटन साथै रोडको शिलान्यास विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नवराज छेत्रीले आफ्नो समष्टीमा पार्टी अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाद्वारा नयाँ सार्वजनिक भवनको उदघाटन साथै रोड निर्माणको लागि शिलान्यास गरिएकोमा आभार प्रकट गरेका छन्। उनले जीटीए प्रमुख अनित थापाको उपस्थितिमा क्षेत्रका जनताले विभिन्न समस्याहरू राख्न पाएको र अनित थापा चले पनि समाधानको लागि पहल गरिदिएकोमा खुशी व्यक्त गरेका छन्। त्यसरी नै भागोप्रमो बुथ कमिटीको सचिव सिराज थापा र जनकल्याण संगठनका सभापति युवराज थापाले पनि गाउँमा नयाँ सार्वजनिक भवनको उदघाटन साथै रोडको शिलान्यास गरिएकोमा जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जीप्रति आभार प्रकट गरेका छन्।

गाउँमा सार्वजनिक भवनको अभावमा स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो तर अब सार्वजनिक भवनको निर्माणले स्थानीयहरूलाई धेरै सुविधा हुने भएको बताएका छन्। त्यसरी नै दुई नम्बर बस्तीदेखि तीनधारेको सत्र माइलस्थित भञ्ज्याङसम्म पुग्ने रोडको निर्माणको लागि शिलान्यास कार्यको लागि पनि खुशी व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *