आईपीएलको निम्ति लखनऊ फ्रेञ्चाइजीको कोचिंग स्टाफमा सामेल भए क्लूजनर

IMG-20240302-WA0130.jpg

मुम्बई: लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले दक्षिण अफ्रिकाका पूर्व दिग्गज लान्स क्लूजनरलाई २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल)-को २०२४ सीजनको निम्ति आफ्नो कोचिंग टीममा सामेल गरेको घोषणा गऱ्यो। लखनऊको फ्रेञ्चाइजीले सोशल मीडियाको माध्यमले यसबारे जानकारी शेयर गरेको छ। क्लूजनरले एसए टी२० टुर्नामेण्टमा डरबन सुपर जाइण्ट्समा प्रशिक्षकको रूपमा काम गर्छन्, जसको स्वामित्व आरपीएसजी ग्रुपसँग रहेको छ, जसले एलएसजी फ्रेञ्चाइजीको पनि सञ्चालन गर्छ। क्लूजनरले यसअघि सेप्टेम्बर २०१९-देखि दिसम्बर २०२१-सम्म अफगानिस्तानका मुख्य प्रशिक्षकको रूपमा पनि काम गरेका थिए। उनले दक्षिण अफ्रिका र जिम्बाब्वे टोलीमा पनि ब्याटिंग प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।
क्लूजनर अब एलएसजी-को कोचिंग टीममा सामेल हुनेछन्, जसमा मुख्य प्रशिक्षक जस्टिन लेंगर, सहायक प्रशिक्षक श्रीधरन श्रीराम, बलिंग प्रशिक्षक मोर्ने मोर्कल, स्पिन बलिंग सल्लाहकार प्रवीण ताम्बे, फील्डिंग प्रशिक्षक जण्टी रोड्स र रणनीतिक सल्लाहकार एमएसके प्रसाद सामेल हुनेछन्। आईपीएलमा यसअघि क्लूजनरले २०११-मा मुम्बई इण्डियन्ससँग कोचिंग टीमका सदस्यको रूपमा काम गरेका थिए। क्लूजनरले १९९६-देखि २००४-सम्म एकजना पेस बलिंग अलराउण्डरको रूपमा दक्षिण अफ्रिकाको निम्ति ४९ वटा टेस्ट र १७१ वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। आईपीएल २०२४-मा एलएसजी-ले २४ मार्चमा राजस्थान रोयल्स विरुद्ध अभियान शुरु गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *