शिव थापाको अगुवाईमा भारतीय बक्सरहरू चुनौती पेश गर्न तयार

IMG-20240302-WA0110.jpg

बस्टो अर्सिजियो: पेरिस ओलम्पिकको निम्ति पहिलो वर्ल्ड बक्सिंग क्वालीफिकेशन टुर्नामेण्ट आइतवारदेखि इटलीको बस्टो अर्सिजियोमा शुरु हुनेछ, जसमा दुईपल्टका ओलम्पियन शिव थापाको नेतृत्वमा ९ सदस्यीय दलले विश्वका केही शीर्ष बक्सरहरू अघि चुनौती पेश गर्नेछ। शिव थापाले ५३.५ किग्रा वर्गमा हिस्सा लिनेछन्। प्रत्येक देशले ओलम्पिकको निम्ति प्रत्येक भार वर्गमा एउटा कोटा सुरक्षित गर्न सक्नेछ। भारतले गत वर्ष भएको हांगझोऊ एशियन गेम्सको अवधि बक्सिंगमा चारवटा कोटा हासिल गरेको थियो अनि यसपाली इटलीमा ९ वटा कोटा हासिल गर्न सक्छ। प्रत्येक देशले केवल त्यही भार वर्गमा प्रतिनिधित्व गर्न बक्सरहरू पठाउन सक्नेछ, जसमा उनीहरूले अहिलेसम्म ओलम्पिक कोटा हासिल गरेका छैनन्। शिवसँग टीममा सातजना पुरुष र दुईजना महिला बक्सर सामेल छन्। यसमा २०२३ एशियन गेम्समा काँस्य पदक विजेता नरेन्द्र बेरवाल र विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता मोहम्मद हुसामुद्दीनको साथमा दीपक भोरिया र निशान्त देव सामेल छन्। वर्तमान राष्ट्रिय स्तरका च्याम्पियन लक्ष्य चाहर र सञ्जीत कुमारलाई पनि टीममा स्थान प्राप्त भएको छ। महिलाहरूमा २०२२ कमनवेल्थ गेम्समा काँस्य पदक विजेता जेस्मीन लेम्बोरिया र युवा वर्ल्ड च्याम्पियन अंकुशिया बोरो रहेकी छन्। गत वर्ष भएको एशियन गेम्समा महिला बक्सर निकहत जरीन (५० किग्रा), प्रीति पवार (५४ किग्रा), परवीन हुडा (५७ किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा)-ले ओलम्पिक कोटा हासिल गरेकी थिइन्। इटलीमा जम्मा ४९ वटा ओलम्पिक कोटा हासिल गर्नको निम्ति रहनेछ। यसमा १३ वटा भार वर्गमा पुरुषहरूका निम्ति २८ र महिलाहरूकी निम्ति २१ वटा कोटा रहनेछ। अधिक कोटा हासिल गर्नको निम्ति दोस्रो वर्ल्ड क्वालिफिकेशन टुर्नामेण्ट २६ मईदेखि २ जूनसम्म ब्यांककमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *