मुख्यमन्त्रीकाे ड्रुक्पा छे-जीको पावन अवसरमा राज्यवासीहरूमा न्यानो अभिवादन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ड्रुक्पा छे-जीको पावन अवसरमा राज्यवासीहरूमा न्यानो अभिवादन व्यक्त गर्दै सबैको सुख, शान्ति अनि समृद्धिको निम्ति कामना गरेका छन्।

मुख्यमन्त्री तामाङले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ड्रुक्पा छे-जीले त्यस दिनलाई दर्साउॅंछ जुन दिन भगवान बुद्धले सारनाथमा आफ्ना पॉंचजना शिष्यलाई महान आर्य सत्यबारे पहिलोपल्ट शिक्षालाई दिएका थिए। उनले मानिसहरूलाई समय निकालेर भगवान बुद्धका करूणा, शान्ति र इमानदारीको शिक्षाहरू मनन गर्न आह्वान गरेका छन्।

भगवान बुद्धका चार महान सत्यले हामीलाई एकता, साम्प्रदायिक सद्भाव, शान्ति र समृद्धिको मार्गमा मार्गदर्शन अनि ज्ञान प्रदान गरिरहुन् भनी कामना गरेका छन्। उनले सबैको शान्ति, खुशी र समृद्धिको निम्ति पनि कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *